Sunday, January 7, 2018

शैक्षिक छात्रवृत्ती सहयोगार्थ विशेष साँस्कृतिक कार्यक्रम हुँदै

गएको साउन २८ गते परेको अविरल वर्षापछिको बाढी तथा डुवान प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा एक दिने विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बाढि तथा डुवानबाट प्रभावित जिल्लाका अति विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक राहत स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेर संकलित रकमबाट छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्था युथ पिस सेन्टर बाँकेका उपाध्यक्ष भुम बहादुर भण्डारीले बताए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँकेमा मात्रै गत साउन २८ गते आएको बाढी र डुबानका कारण ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको र जिल्लाका विभिन्न क्षेत्रमा विस्थापित सयौं बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेकाले सबै वालवालिकालाई शिक्षाको पहुँच पु¥याउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विभिन्न अभियान तथा नारा विशेषको रुपमा आयोजना हुने यस्ता साँस्कृतिक कार्यक्रम ९कन्सर्ट०हरुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित हुने गरेपनि युथ पिस सेन्टरले आयोजना गर्ने कन्सर्टको फरक उद्देश्य रहनेछ । कन्सर्ट आयोजना पछि संकलन हुने आर्थिक स्रोतले जिल्लामा रहेका बाढी तथा डुवानबाट प्रभावित अति विपन्न परिवारका बालबच्चालाई शैक्षिक छात्रवृत्ती प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम संयोजक बिरेन्द्र सिंहले जानकारी गराए । अभियानका रुपमा अगाडी सारेकोे साँस्कृतिक कार्यक्रममा सबै पक्षको साथ, समर्थन र सहयोग पाउने विश्वास व्यक्त गर्दै कार्यक्रम निर्देशक निर्मल आचार्यले विपतको विषम परिस्थितीमा सहयोगी पवित्र नेपाली मन भएका देशवासीहरुले सक्दो सहयोग गरेर पीडितलाई सक्दो राहत दिने काम गरिरहेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । उनिहरूले विपतबाट सामना गरिरहेका घर परिवारको अवस्था, उनीहरुले झेल्नुपरेका समस्या तथा चुनौतीहरु पहिचान गरी समाधानतिर राज्य तथा सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिका प्रति कहि कतै चुकिरहेको अवस्थामा आफुहरुको सानो सहयोगले पीडित वालवालिकालाई शैक्षिक सहायता मिल्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रम आउँदो असोज १० गते बिजयादशमीको अवशर पारेर आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, ज्योती मगर तथा मध्यपश्चिमका साँगितिक प्रतिभा नेपाल आइडल उत्कृष्ट ६ मा पर्न सफल चिसापानी निवासी सुरज थापा विशेष आकर्षणको रुपमा रहने बताइएको छ । सााथै कार्यक्रममा सुरज थापालाई सम्मान तथा भव्य स्वागतको कार्यक्रम पनि रहने बताइएको छ । यसका अलावा हाँस्य कलाकार प्रकाश कडेल ९गुलेली कान्छा० का साथमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज शाहीले बताएका छन् ।
Share:

Your Name


Your Message*